Sajhamanch Archive

दिपजनको वार्षिकोत्सवमा मनोज गजुरेलको विशेष प्रस्तुति

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बाह्रदशी । दिपजन अंग्रेजी माध्यमिक विद्यालय डाँगीवारीको १३ औं वार्षिकोत्सव विविध कार्यक्रमका वीच आज सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक निर्देशक देवेन्द्रप्रसाद चम्लगाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी रहेका थिए ।

नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहेको कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने गोविन्दप्रसाद उप्रेती, खेमराज खरेल र वुधु राजवंशीलाई सम्मान गरिएको थियो ।

सामुदायिक विद्यालयमा लामो समय कार्यरत भएर शिक्षाको क्षेत्रमा महत्वपूर्णा भूमिका निर्वाह गरेको भन्दै अवकास पछि उनीहरुलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल लक्ष्मी उप्रेतीले जानकारी दिए ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई कार्यक्रमकैबीच पोशाक समेत वितरण गरिएको थियो । गौरीशंकर, फूलवारी, पञ्चमणि, पशुपछि, जनविकास र जनज्योति सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहन्दार विद्यार्थीहरु एक/ एक जना विद्यार्थीलाई सम्मान स्वरुप पोशाक वितरण गरिएको थियो ।

यता उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको थियो । कक्षा ८ मा ४ जीपीए ल्याउने सुप्रिम कार्की र माधवी कडेललाई नगद ५/५ हजार रुपैयाँ प्रदान गरिएको थियो भने एसईईमा उत्कृष्ठ अंक ल्याउने ९ जना विद्यार्थीलाई नगद ५/५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै कक्षा ११ र कक्षा १२ मा अध्ययनरत एक एक जना विद्यार्थीलाई समेत नगद दश/दश हजार रुपैयाँ प्रदान गर्दै  प्रोत्साहन गरिएको थियो ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थी गरीमा कडेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा सम्मानित शिक्षक वुधु राजवंशी, वाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेल, गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहाल, उपाध्यक्ष रत्नाकुमारी राजवंशी, प्याप्सन झापाका अध्यक्ष एलपी उप्रेती, लगायतले आ-आफना धारणा राखेका थिए ।

विद्यालयको शैक्षिक गतिविधिका विषयमा प्रिन्सिपल लक्ष्मी उप्रेतीले प्रकाश पारेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मनोहरी त्रिताल तथा विद्यार्थीहरु रश्मी भुजेल र मुना कडेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *