Sajhamanch Archive

अस्ट्रेलियामा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by .

अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।

प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।

दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *