Sajhamanch Archive

सभापति देउवाले धरानमा फहराए राष्ट्रिय झण्डा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

धरान । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान उपमहानगरपालिकाको भानुचौकमा राष्ट्रिय झण्डा फहराएका छन् ।

भानुभक्तको मूर्ति नजिकै उपमहानगरपालिकाको तर्फबाट आयोजित कार्यक्रममा देउवाले झण्डोत्तोलन गरेका हुन् । काठमाडौंको माइतीघरकै झल्को आउने गरी भानुचोकमा राष्ट्रिय झण्डा फहराइएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा धरानका नगर प्रमुख तिलक राई पनि उपस्थित थिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *