Sajhamanch Archive

कलेजभित्रै छात्रा बलात्कृत

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छिन् ।

पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्स क्याम्पसमा तेस्रो समेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ ।

माघ २९ गते बुधबार भएको यस घटनाको जानकारी प्रेसलाई बुधबार मात्र गराएको हो ।

आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुर्व्यवहार गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छन् ।

नेपाल समाचार पत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *