Sajhamanch Archive

सिम्रिक साकोसले ग¥यो १० लाख ऋण मिनाहा

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक अपराध, कानूनी प्रक्रिया र प्रहरी कार्यहरूको सुरक्षाका बारेमा प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ ।

संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा बिर्तामोडको इन्द्रेणी ब्याङ्केटमा आयोजित तालिममा संस्थाका ७० जना भन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो।

संस्थाका सचिव तथा शिक्षा उपसमितिका संयोजक सुवास भट्टराईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नंं.४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला रहेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मुकुन्दप्रसाद रिजालले गरेका थिए । प्रशिक्षणका क्रममा रिजालले सामाजिक सुरक्षा भनेको के हो, समाजमा भएका सामाजिक समस्यालाई कसरी न्यूनीकरण गर्न भन्ने बारेमा बताएका थिए ।

रिजालले पछिल्लो समयमा विभिन्न प्रकारका सामाजिक अपराध बढ्नुका कारण र हिंसा भनेको के भन्ने बारेमा सहभागीहरुलाई अवगत गराएका थिए ।

सो अवसरमा संस्थाका सदस्य हर्कबहादुर लिम्बूको मृत्यु भएकाले उनले लिएको १० लाख ऋण मिनाहाको पत्र उनकी श्रीमती फूलमाया थाम्सोहाङलाई प्रदान गरिएको थियो, त्यसैगरी थिरबहादुर बस्नेतको श्रीमतीको अप्रेसन बापात ५ हजार ८७५,जुनिता केरुङ्गको अप्रेसनमा १३ हजार ५००,दुर्गादेवी तिम्सिनाको अप्रेसन बापत १५ हजार,नेत्रबहादुर थापाको छोरीको एपेन्डीको अप्रेसनबापत ८ हजार २५० प्रदान गरिएको थियो ।

त्यस्तै लक्ष्मीप्रसाद तिम्सिनाको श्रीमतीको उपचार बापत ६ हजार ५००,पदम परियारको श्रीमतीको पथरियाको अप्रेसन बापत २७००० र दलबहादुर राजवंशीलाई उपचार खर्च १६ हजार ८२२ राहत वितरण गरिएको थियो । साथै संस्थाले श्रेयर खरिद गर्ने सदस्यलाई श्रेयर खरिद गरेको प्रमाण पनि पत्र प्रदान गरेको छ ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नंं.४ का वडाध्यक्ष संग्रौला,बिर्तामोड नगरपालिका सहकारी अधिकृत डिल्ली दाहाल लगायतले आ-आफना धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको संक्षिप्त जानकारी गराउनुका साथै सामाजिक अपराध सम्बन्धी कार्यक्रम आयोजना गर्नुका उद्देश्यका बारेमा प्रष्ट्याएका थिए ।

संस्थाको शिक्षा उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *