Sajhamanch Archive

सामाजिक न्यायका लागि विद्यार्थी एक भए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । मनकामना बहुमुखी क्याम्पस बिर्तामोडमा बि.एस.डब्लु संकायमा अध्ययनरहत विद्यार्थीहरुले आज र्याली सम्पन्न गरेका छन् ।

सामाजिक न्याय दिवसको अवसरमा “असमानता र दूरीलाई कम गर्दै सामाजिक न्यायको पहुँचमा वृद्धि गर्ने” नारासहित निक्लेको उक्त र्यालीले बिर्तामोडको मुक्ति चोक परिक्रमा गर्दै क्याम्पसमा आइ कोड सभामा परिणत भएको थियो ।

उक्त अवसरमा विद्यार्थीहरुले आजै हस्ताक्षर कार्यक्रम पनि आयोजना गरेको शिक्षक सौरभ प्रसाईंले जानकारी दिए ।

क्याम्पसले यसअघि पनि सामाजिक चेतना फैलाउन विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको शिक्षक प्रसाईंले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *