Sajhamanch Archive

संवेदनशील अङ्गमा हात लगाउने प्रधानाध्यापक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

पाँचथर । छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नंं. १ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

कक्षा ३ मा पढ्ने १४ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक मोहनप्रसाद दुलाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोहनराज अर्यालले बताए ।

पीडित बालिकाकी आमाले दुलाल विरुद्ध प्रहरीमा उजुरी दिएपछि दुलाललाई बिहीबार पक्राउ गरिएको हो । बुधबार प्रधानाध्यापक दुलालले संवेदनशील अङ्गमा हात लगाएको भन्दै छात्रा रुँदै घर पुगेपछि घटना सार्वजनिक भएको थियो ।

दुलालले यसअघि पनि पटकपटक दुर्व्यवहार गर्दै आएको पीडितका आफन्तले बताएका छन् ।पक्राउ परेका दुलालमाथि अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ । घटना सार्वजनिक भएपछि दुलालले घटनालाई मिलाउन केही स्थानीय नेतामार्फत बालिकाको परिवारलाई दबाब दिएका थिए । गाउँमा मिल्न ईन्कार गर्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *