Sajhamanch Archive

दलित युवामाथि कुटपिट, गुप्ताङ्गमा पेट्रोल हालियो

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । राजस्थानको नागौर जिल्लामा चोरी गरेको आरोपमा दुई दलित दाजुभाइलाई बर्बर तरिकाले पिटेको र गुप्ताङ्गमा पेट्रोल हालेको भिडियो बाहिर आएको छ । यो घटना गत फेब्रुअरी १६ मा पाँचौडी क्षेत्रमा भएको हो ।

भिडियो भाइरल भएपछि प्रहरीले पीडित युवकहरुलाई सम्पर्क गरी ७ आरोपीहरु विरुद्ध मुद्दा दर्ता गरेको छ । यस मामिलामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ भने दुई जना फरार रहेका छन् । काँग्रेस नेता राहुल गान्धीले यस घटनालाई भयावह बताएका छन् ।

प्रहरीका अनुसार दुई दाजुभाइ आफ्नो मोटरसाइकल सर्भिसिङका लागि वर्कसपमा पुगेका थिए । त्यहाँ उनीहरुमाथि काउन्टरबाट पैसा चारेको आरोप लगाउँदै कुटपिट गरिएको थियो । उनीहरुमाथि पेटी, मुक्का र लात्ता बर्साइएको थियो । त्यसपछि आरोपीहरुले पेचकसमा पेट्रोल भिजाइएको कपडा बाँधेर गुप्ताङ्गमा छिराएका थिए ।

करिब डेढ घण्टा कुटपिट गरेपछि आरोपीहरुले पीडितका दुई छिमेकी युवाहरुलाई फोन गरेर उनीहरुलाई त्यहाँबाट लैजान भनेका थिए । त्यसपछि पीडितका दाई त्यहाँ पुगेर दुवैजनालाई अस्पतालमा भर्ना गराएका थिए ।

प्रहरीले यस घटनामा हडमान, रघुवीर, आईदान, छैल र रहमतुल्लालाई पक्राउ गरेको छ । उनीहरु सबै पाँचौडी क्षेत्रमा बस्छन् ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *