Sajhamanch Archive

छोरीको बीमा गराउनेलाई तीन महिना निःशुल्क इन्टरनेट

Published: in राष्ट्रिय समाचार, समाज by .

लहान । प्रदेश २ सरकारले उच्च प्राथमिकताका साथ सञ्चालन गरेको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा दिन सिरहामा सुरु गरिएको छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत १ माघ २०७५ पछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ ।

बिमा गराउने अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ ।

प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सुविसुबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *