Sajhamanch Archive

विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गर्ने अहेब पक्राउ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

रौतहट । आफ्नै क्लिनिककी एक महिला सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा रौतहटका कार्यरत एक अहेबलाई प्रहरीले पक्राउ गरेको छ ।

मौलापुर नगरपालिका वडा नं.५ घरभई हाल गरुडा ४ स्थित अर्चना पोेलिक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दै आएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथि जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

पीडित महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परीक्षण समेत भइसकेको डीएसपी महतोले जानकारी दिए ।पछिलो दुईबर्षदेखि गरुडामा पोलीक्लिनिक सञ्चालन गर्दै आएका आरोपी पटेलले विवाह गर्ने प्रलोभन देखाएर आफूलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाइ छ ।

करणीबाट आफू तीन महिनाको गर्भवती रहेको समेत पीडित महिलाले बताएकी छिन् । उनले एकवर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर गर्भ तुहाउन लगाएको दुखेसो पोखिन् ।फेरि पछि बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ ।

तर जिल्ला अस्पतालमा भएको स्वास्थ परीक्षणको अधिकारीक रिपोर्ट नआएसम्म गर्भ भए नभएको बारे बोल्न नमिल्ने डिएसपी महतोले बताएका छन् । आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

 

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *