Sajhamanch Archive

बिर्तामोडमा बिटाउन जुम्बा फिटनेस स्टुडियो सञ्चालनमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । झापाको बिर्तामोडमा बिटाउन जुम्बा फिटनेस स्टुडियो बुधवारबाट सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय जुम्बा प्रशिक्षक जीन समिक्षा विमली न्यौपाने र अन्तर्राष्ट्रिय जुम्वा प्रशिक्षक सोनी रानामगरले बिर्तामोडमा बिटाउन जुम्बा फिटनेस स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।

उत्तम न्यौपानेको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा अञ्जली ओभरसिजका प्रबन्ध निर्देशक भानु शिवाकोटी, एबीसी नेपालकी झापा संयोजक कञ्चना ढकाल सिटौला, सजिलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेश ढकाल, क्षितिज नाट्य समूह झापाका अध्यक्ष माधव कल्पित, नेपाल विद्यार्थी संघकी पूर्व महासचिव उमा शिवाकोटी, सृजनशील बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक तारा निरौला ढकाल, निर्मला न्यौपाने, राजन ढुङ्गेल, ज्ञानु प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दैनिक बिहानमा मर्निङ वाकभन्दा जुम्बा डान्स काडियोबाट शारीरिक सन्तुलन कायम राख्न सजिलो हुने भएकाले जुनसुकै उमेर समूहका महिला तथा पुरुषहरुलाई योगा, एरोविक, जुम्बा सिकाइने अन्तर्राष्ट्रिय जुम्बा प्रशिक्षक सोनी रानामगरले बताइन् ।

त्यस्तै जुम्बा नृत्य नियमित अपनाउने गर्दा अनिद्रा, आलस्यपनादेखि मधुमेह, युरिक एसिड, थाइराइड, उच्च रक्तचाप, मुटुरोग लगायतका समस्या घट्ने जुम्बा प्रशिक्षक जीन समिक्षा विमली न्यौपानेले बताइन् । कार्यक्रमको सञ्चालन ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र रानामगर लाफाले गरेका थिए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *