Sajhamanch Archive

सिम्रिकको उत्प्रेरणात्मक तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आन्तरिक शान्ति एवम् खुसीका लागि राजयोग मेडीटेसन विषयमा उत्प्रेरणात्मक तालिम आज सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला रहेका थिए ।

उक्त तालिमको सहजीकरण उत्प्रेरणात्मक प्रवचक राजु घलेले गरेका थिए । घलेले जीवनमा कसरी खुसी प्राप्त गर्ने ,आफना बालबच्चाहरुलाई कस्तो संस्कार सिकाउने र मनमा शान्ति र खुसी ल्याउन के गर्नुपर्छ भनेर बताएका थिए ।

घलेले राम्रो भन्दा पनि नराम्रो सोचले गर्दा मानिस कमजोर र दु:खी हुने भएकाले जीवनमा सकारात्मक सोच्ने बानीको विकास गर्ने सहभागीहरुलाई आग्रह गरे ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत कार्यक्रमको औचित्यसहित मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *