Sajhamanch Archive

मनकामनामा ट्राफिक जनचेतनामूलक कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयमा ट्राफिक जनचेतनामूलक कार्यक्रम  सम्पन्न भएको छ।

जिल्ला ट्राफिक कार्यालय झापाको प्राविधिक सहयोगमा आज सञ्चालित तालिममा १ सय १५ जना विद्यार्थीको सहभागीता रहेको थियो।

उज्यालो मनकामना बालक्लबको आयोजना तथा विद्यालयको व्यवस्थापनमा आयोजित तालिमको अध्यक्षता क्लबका अध्यक्ष दीक्षा गुरुङले गरेकी थिइन् ।

उक्त तालिमको सहजीकरण प्रहरी सहायक निरीक्षक जनक तिम्सिना र राजु राजवंशीले गरेका थिए । तालिममा विद्यार्थीहरुलाई जेब्रा क्रसको प्रयोग,दुर्घटना भएमा के गर्ने र कसरी बच्ने र बचाउने लगायतका विषयमा प्रशिक्षण गराईएको थियो।

सो तालिममा सहभागी विद्यार्थी मनोज पुरीले तालिम प्रभावकारि र उपलब्धि मुलक भएको बताए ।

विद्यालयका प्रध्यानाध्यापक केशब ढुंगानाले ट्राफिक जनचेतना मुलक कार्यक्रम आयोजना गर्नुका उद्देश्यका बारेमा प्रस्ट पारेको तालिममा सहभागीहरुलाई सह- प्रध्यानाध्यापक धुर्वकुमार गौतमले मन्तव्यबाट स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *