Sajhamanch Archive

पुराणको आय-व्यय सार्वजनिक

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोड २ चारपानेस्थित विवेकाश्रम तथा साङ्ग्वेद संस्कृत माध्यमिक विद्यालयले ४९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह महापुराणको आय- व्यय सार्वजनिक गरिएको छ ।

विद्यालयले भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने र निर्माणाधीन विद्यालयको भवन सम्पन्न गर्ने उदेश्यले माघ १२ देखि २१ गते सम्म आयोजना गरेको महायज्ञबाट संकलित आय व्यय मुल आयोजक समितीले आज सार्वजनिक गरेको हो ।

महायज्ञबाट जम्मा ७ लाख ९१ हजार १ सय ३३ रुपैयाँ आम्दानी र खर्च ३ लाख ६७ हजार ७ सय ६७ रुपैयाँ भएको र ४ लाख २३ हजार ३ सय ६६ रुपैयाँ बैंक मौज्दात रहेको मुल आयोजक समिति तथा पुराण मूल आयोजक समितिका कोषाध्यक्ष जगनाथ भण्डारीले बताए ।

पुराण मूल आयोजक समितिका संयोजक अम्वरबहादुर गिरीको अध्यक्षतामा आय -व्यय सार्वजनिक कार्यक्रममा सह संयोजक दिनानाथ सिग्देल, आश्रमका उपाध्यक्ष विष्णुभक्त भण्डारी, विद्यालयका प्रधानाध्यपक चुडामणि पौडेललगायतको उपस्थिति रहेको थियो ।

पुराण मूल आयोजक समितिका सचिव भरत भट्टराईले पुराणको आय व्यय सार्वजनिक कार्यक्रमको सञ्चालन गरेका थिए । २०२८ सालमा स्थापना भएको विद्यालयमा हाल एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *