लिटलस्टार स्कुलमा हस्तलेखन तालिम शुरु
Published:
by .बुद्धशान्ति । बुद्धशान्ति २ स्थित लिटलस्टार अङ्ग्रेजी स्कुलमा हस्तलेखन तालिम शुरु भएको छ । अस्फोड एकाडेमीको प्राविधिक सहयोगमा संचालित तालिममा ४ सय ५० जना विद्यार्थीको सहभागीता रहेको प्रधानाध्यापक सरोज घिमिरेले बताए । बिकास राजबंशीको सहजीकरण रहेको तालीम ७ दिन सम्म संचालन हुनेछ, अङ्ग्रेजी माध्यमको भाषाको लेखन शैली लाई गुणस्तरीय र सुन्दर बनाउने बताइएको छ ।
कक्षा ३ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई तालीम प्रदान गरिएको र अक्षर सुन्दर भए भने विद्यार्थीमा आत्मबल बढ्ने भएकाले तालिमको आयोजना गरिएको संस्थापक गंगा प्रसाद निरौलाले बताए ।
बिद्यालयमा हाल उद्घोषण ,नित्य ,संगीत ,मार्सलआर्ट लगायतका कक्षा संचालन भइरहेको संस्थापक निरौलाले जानकारी दिए।
Comments