Sajhamanch Archive

भारतीय राजदूत क्वात्रा र नेकपाका नेता नेपालबीच भेटवार्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा नेपाल निवास कोटेश्वर पुगेका थिए ।

भेटमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । भेटमा राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना पनि दिएका थिए ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै भारतीय राजदूत राजनीतिक भेटघाटमा व्यस्त भएका छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *