Sajhamanch Archive

कोरोनाबाट त्रसित नहुन सन्देश दिनुहोस् : मन्त्री खतिवडा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर, सचेत र सतर्क रहने गरी सन्देश प्रवाह गर्न रेडियो नेपाललाई आग्रह गरेका छन् ।

सर्वसाधारण मानिससम्म जनसचेतनामूलक सूचना प्रचार सामग्री प्रसारण गर्न उनले आग्रह गरेका हुन् । मन्त्री खतिवडा आज रेडियो नेपालको निरीक्षणमा पुगेका थिए । त्यस अवसरमा रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पुर्‍याउने गरी योजना बनाउनसमेत मन्त्री खतिवडाले निर्देशन दिएका छन् ।

मन्त्री डा. खतिवडाले रेडियो नेपालको आधुनिकरणको प्रयास सकारात्मक रहेको भन्दै प्रशारणको नियमित अनुगमन गरी समय अनुरुप परिमार्जन गर्दै देशैभर सुनिने रेडियो प्रशारण सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए ।

मन्त्री डा. खतिवडाले रेडियो नेपालको वजेटको अर्धवार्षिक समीक्षा गर्न र त्यस अनुरुपको योजना बनाउन निर्देशन दिए । रेडियो नेपालका वौद्धिक सम्पतिको संरक्षण तथा व्यवसायिक उपयोगमार्फत् आम्दानी बढाउनसमेत उनले आग्रह गरे ।

त्यसबाट पेन्सन कोषको व्यवस्था गर्न र रेडियो नेपालबाट प्रसारित गीत संगीतको डिजिटिलाइजेसन गरी त्यसबाट समेत आम्दानी गर्न निर्देशन दिएका छन् ।

उनले रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थानलगायत राज्यका सञ्चारमाध्यम बीचको अन्तरसम्बन्ध बलियो हुनुपर्ने उल्लेख गरे ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *