पुरुष विच भलिबलको उपाधि झापालाई
Published:
by .धनकुटा । प्रथम प्रदेशस्तरीय पुरुष विच भलिबल उपाधि सुनसरी र भेनट्रान्स विच भलिबलको उपाधि झापाले जितेका छन्।
प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा खुल्ला पुरुष बीच भलिबलमा सुनसरीले भोजपुरलाई २१–१६ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। त्यस्तै शनिबार नै भएको भेनट्रान्स तर्फ भएको फाइनलमा झापाले भोजपुरलाई २१–१४, २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।
पुरुषतर्फ विजेता बनेको झापाले ३१ हजार १ सय रुपैयाँ सहित कप मेडल पाएको छ भने उपविजेत भोजपुरले नगद १५ हजार १ सय रुपैयाँमा चित्त बुझाएको छ। त्यस्तै भेनट्रान्सतर्फ विजेता बनेको सुनसरीले नगद १० हजार एक सय रुपैयाँसहित कप मेडल पाएको छ भने उपविजेत भोजपुरले नगद ६ हजार १ सय रुपैयाँमा चित्त बुझाएको छ।
पुरुषतर्फ सुनसरीका सुरज चौधरी र भेनट्रान्सतर्फ शैलेन्द्र श्रेष्ठ खेलको म्यान अफ द म्याच घोषित भए। गत बिहीबारबाट धनकुटाको मुलघाटको तमोर नदी किनारमा सूरु भएको प्रदेश स्तरिय प्रतियोगितामा प्रदेश १ का १८ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगिताका विजयी खेलाडीलाई संघीय सांसद राजेन्द्र राईलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता प्रदेश १ स्तरीय भलिबल रेफ्री संघको आयोजनामा सम्पन्न भएको हो।
Comments