Sajhamanch Archive

प्रथम व्याडमिन्टन प्रतियोगिता : भेट्रान र खुल्लाका दुई / दुई टिम फाइनलमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिटन प्रतियोगितामा चार टिम फाइनलमा प्रवेश गरेका छन् ।

लायन्स क्लव अफ अनारमनीको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगिताको खुल्ला तर्फ प्रमिस सिंह ठकुरी, महेन्द्र श्रेष्ठ र सुदेन राई तथा प्रकाश राई फाइनलमा प्रवेश गरेका हुन् । आज भएको अन्तिम क्वाटरफाइनल खेलमा विषम राई र ध्रुव दाहालको टिमलाई प्रमिस सिंह ठकुरीको टिमाले पराजित गरेको थियो भने चाणक्य पाठक र नवीन सिलवालको टिमलाई सुदेन राई र प्रकास राईको टिमले पराजित गरेको थियो ।

यता भेट्रान तर्फ इन्द्रजीत मुखिया र राजकुमार घिमिरेलाई पराजित गर्दै देउकुमार राई र गंगा फेदावेले फाइनलको यात्रा तय गरेका छन् । त्यस्तै कुलदीप चौधरी र रुद्रवहादुर सारु मगरलाई पराजित गर्दै संजय भक्तराज र कुमारगिरी फाइनलमा प्रवेश गरेको आयोजक समितिका अध्यक्ष शैलेन्द्रकुमार कन्दङ्वाले जानकारी दिए ।

फाइनल खेल भोलि सोमवार विहान ७ वजेबाट हुने बताइएको छ । बिर्ता व्याडमिटन क्लबको कवडहलमा भइरहेको प्रतियोगिताका खुल्ला डवलका विजेताले नगद २० हजार, उपविजेताले नगद १५ हजार र तेस्रो हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै भेट्रान डवलका विजेताले नगद १५ हजार र उप विजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा अन्तराष्ट्रिय रेफ्री पुष्पा घिमिरे र भानु सिटौलाले प्रतियोगितामा निर्णायकको भूमिका निवाह गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *