कमल नगर जेसीजद्वारा राहत तथा सचेतना कार्यक्रम
Published: (Updated: )
by .कमल । कमल नगर जेसीजले आज एक कार्यक्रमका बिच अग्नि पिडितलाई राहत वितरण गरेको छ ।
“मानवताको सेवा नै जिवनको सर्वोतम कार्य हो, म मेरो देश आफै बनाउँछु ” भन्ने नाराका साथ गत फागुन २१ गतेका दिन कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारेमा भएको आगलागीबाट पिडीत बनेका परिवारलाई राहत स्वरुप नगद वितरण गरिएको हो । राहतले पिडीत परिवारको सम्पुर्ण क्षतीलाई परिपूर्ति गर्न नसकेपनि केहि हदसम्म मलम पट्टी लगाउने कमलनगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहालले बताए ।
आगलागीबाट पिडित बनेका घरधनी शेर बहादुर लिम्बुलाई १० हजार रुपैया र सोहीघरमा भाडतनामा बस्ने पार्वता राजवंशी, कुकुन ताजपुरिया र तुर्कीमडी सतारलाई जनही तीनहजार रुपैयाका दरले समाजसेवी हुकुम सिंह राईले प्रदान गरेका हुन् ।
अगालागीबाट शेर बहादुर लिम्बुको घर पूर्ण रुपमा जलेर क्षति भएको थियो भने सोहि घरमा भाडामा बस्ने पार्वता राजवंशी, कुकुन ताजपुरिया र तुर्कीमर्डी सतारको समेत सबै सामान जलेरनष्ट भएको थियो ।
कार्यक्रममा कमल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष केदार कटुवाल, वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर बहादुर निरौला समाजसेवी राजन ढुङ्गाना लगायतले कमलनगर जेसीजले गरेका सामाजिक कार्यको प्रसंशा गरे ।
त्यसैगरी कमल नगर जेसीजले अर्को छुट्टै कार्यक्रमको आयोजना गरी कोरोना भाईरस सम्बन्धि सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा कोरोना भाईरसबाट जोगिनका लागी मास्क अनिवार्य लगाउनु पर्ने भन्दै मास्क वितरण गरेको कमल नगर जेसीजका वर्ष २०२० का महासचिव छत्रपति खनालले जानकारी दिए ।
Comments