Sajhamanch Archive

दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

जनकपुरधाम । महोत्तरीमा दुई साताअघि दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

सिमथिला माध्यमिकी परिक्रमा जलेश्वर पुगेकी दुई किशोरीमाथि यही फागुन १५ गते सामूहिक बलात्कार भएको थियो ।

बलात्कारमा संलग्न सात जनामध्ये चार जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार सुरुमा दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जनालाई उनीहरुकै बयानका आधारमा पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका वडा नंं.६ बस्ने २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभात रहेका छन् ।

पक्राउ परेकासहित सात जनाले परिक्रमा मेला हेर्न गएका १६ र १७ वर्षीया दुई किशोरीलाई जवरजस्तीकरणी गरेको प्रहरीको भनाइ छ । घटनामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको छ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *