Sajhamanch Archive

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले भनिन् : देशमा आगो बल्छ

Published: in राष्ट्रिय समाचार by .

 

काठमाडौं  ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा गोविन्द केसीको माग पुरा नभए देशका आगो बल्ने बताएका छिन् ।

डा.केसीको समर्थनमा निकालिएको जुलुसपछि वानेश्वरमा आयोजित सभामा उनले भनिन्

-डा.केसी कसैका कार्यकर्ता होइनन् । उनका माग पुरा गरौँ ।

-सरकारले भोट पाएको हो । उसले जनताले भनेको मान्नुपर्छ ।

-डा.केसीले जनताको आवाज बोलेको छ ।

-केसीको माग पुरा नभए देशमा आगो बल्छ ।

-सरकारले जनताले भनेको नमाने अनपपुलर हुन्छ ।

-समाजवाद कसरी आउँछ, सरकारमा बस्नेहरुले बुझ्नुपर्छ ।

नागरिक अगुवा कृष्ण पहाडी भने

-ओली र प्रचण्ड सत्ताको भुलभुलैयमामा अल्झिनुभएको छ, यो सामुहिक सत्याग्रहमा अनुवाद हुन सक्छ। सामुहिक गिरफ्तारीमा पनि जान सक्छ।

-यो स्वाभिमान विरोधी सरकार हो । सबै गैरसरकारी संस्थालाई एउटै डालोमा हालेर नवीकरण नहुने धम्की दिइएको छ। गैरसरकारी संस्थाहरूप्रति यो सरकार पूर्वाग्रही बनेको उनको छ।

खक खगेन्द्र संग्रौलाले चार महिना वित्न नपाउँदै केपी ओली नेतृत्वको सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको फौजी सत्ताको स्मरण गराएको बताए ।
उनले भने

-चार महिना बित्न नपाउँदै ओली सरकारले ज्ञानेन्द्रको फौजी सत्ताको स्मरण गराएको छ ।’

-केसीको जीवन रक्षाको माग गर्न प्रदर्शनमा आएको नभइ आफ्ना पुराना कमरेड ओली र प्रचण्डलाई ‘नाक जोगाउ आएको हुँ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *