Sajhamanch Archive

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । श्रीमतीको हत्या आरोपमा प्रहरीले काठमाडौंको दक्षिणकालीबाट एक युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नवीन राई रहेका छन् । पौवापोखरी गाउँपालिका वडा नं.३, खोटाङ स्थायी ठेगाना भएका उनी दक्षिणकाली नगरपालिका वडा नं.२ मा बस्दै आइरहेका थिए ।

नवीनले गत सोमबार ३३ वर्षीया श्रीमती पुष्पा राईको हत्या गरेको देखिएकाले नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख छेदीलाल कामतीले जानकारी दिए ।

हत्यापछि झाडीमा शव फालेका उनले पछि पुनः कोठामै ल्याएर राखेको प्रहरी भनाइ छ । श्रीमती हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *