Sajhamanch Archive

हत्या भएको अवस्थामा महिलाको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.४ ईवा तीनसल्लेमाका २८ वर्षिया बिन्दा पुरीको आज बिहान रहस्यमय हत्या भएको छ।

महिलाको तीनसल्लेस्थित आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

महिलाको हत्या भएको अवस्थामा छिमेकीले देखेपछि प्रहरीमा खबर गरेका थिए। २८ वर्षीया विन्दा पुरीको ईवा घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिए।

विन्दाका श्रीमान वैदेशिक रोजगारीमा दुबईमा रहेको बताईएको छ। उनका १० वर्ष र १५ महिनाका दुई छोराहरू रहेकोे वडा अध्यक्ष श्यामकुमार भट्टराईले जानकारी दिएका छन्।

घटनास्थलमा प्रहरी पुगेपछि थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक थान्दारले जानकारी दिए।

नागरिक न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *