Sajhamanch Archive

विप्लवका जिल्ला सेक्रेटरी पक्राउ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका उदयपुर सेक्रेटरी आज बिहान पक्राउ परेका छन् ।

जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नंं.७ को अँधेरीस्थित एक स्थानीयको घरमा लुकेर बसेको अवस्थामा सेक्रेटरी जितबहादुर पुलामी मगर पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनी लुकेर बसेको सुराकीको आधारमा सदरमुकामबाट खटेको टोलीले आज बिहान ६ बजे स्थानीय चित्रबहादुर खपाङ्गी मगरको घरबाट मगरलाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ।

५४ वर्षीय मगरको साथबाट ३ थान मोवाईल र बिभिन्न किसिमका पार्टी दस्ताबेज र प्रचार सामग्रीसमेत बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

नागरिक न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *