Sajhamanch Archive

वानेश्वरमा यसरी हुन पुग्यो झडप, १३ तस्बिर

Published: in फोटो by .

काठमाडौं ।   सरकारको विरोध र अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले आज राजधानीमा गरेको प्रर्दशनका क्रममा भएको दोहोरो झडपमा   प्रहरी इन्पेक्टर खेम नेपाल घाइते भएका छन् । यस्तै तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन कार्यकर्ता पनि घाइते भएका छन् ।

शनिबार राजधानीको माईतीघरमण्डलाबाट नयावानेश्वर तर्फ जाँदै गरेको तरुण दलको र्यालीलाई सुरक्षाकर्मीले बानेश्वर चोक प्रहरीले रोकेपछि दोहोरो झडप भएको हो ।

तरुण दल भन्दा अघि डाक्टर केसीको समर्थनमा सडकमा उत्रिएका विवेकशिल साझा पार्टी र नागरिक समाज तथा अधिकारकर्मीहरुले सभा गरिरहेको बेला पुगेको तरुण दलको विरोध जुलुशमा एकाएक प्रहरी हस्तक्षेप भएपछि झडपको स्थिति श्रृजना भएको हो । नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि सडकको अर्को छेउबाट तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेको थियो ।

झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रर्दशनकारीले पनि सुरक्षाकर्मीलाई लक्षित गरि ढुंङगा प्रहार गरेका थिए । प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेपछि केही समय नयाँवानेश्वर वरपरको क्षेत्र तनाबग्रस्त बन्यो । सो क्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन बढी घाईते भएका हुन् ।  अहिले बानेश्वर वरपरको सुरक्षाव्यवस्था कडा बनाइएको छ । उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यसैबीच आक्रोशित तरुण दलका कार्यकर्ताले  प्रदेश नम्बर २, ३ र ४ का तीन मन्त्रीको गाडीमाथि तोडफोड भएको छ ।

प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री  नवल किशोर शाह को बा १ झ ७२३४ नम्बरको गाडीमा तोडफोड  गरेका हुन् ।

यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री  नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।
उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।

सातवटै प्रदेशका  सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन आएका उनीहरु राजधानीको इन्द्रेणी फुडल्याण्डमा सो गाडी रोकेर बसेकोमा माइतीघरतर्फबाट नयाँ वानेश्वरतर्फ अघि बढेका तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।

तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर  इन्द्रेणी फुडल्याण्डकै बा११च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *