Sajhamanch Archive

झापाका प्रदेश सांसदहरु भन्छन् : विकास देखिने बेलै भएको छैन

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by .

बिर्तामोड । झापा क्षेत्र नं.२ (क) का प्रदेशसभा सदस्य एकराज कार्कीले संघीयताको मूलमर्म भनेकै प्रदेश रहेको बताएका छन् । प्रदेश बलियो भएन भने संघीयताको अन्त्य हुने जिकिर गर्दै सांसद कार्कीले संघीयता बचाउनु हाम्रो दायित्व र कर्तव्य भएको जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लब बिर्तामोडले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांसद कार्कीले विकास निर्माणका क्षेत्रमा गतसाल प्रत्येक निर्वाचन क्षेत्रमा १५/१६ करोड विनियोजन गरेका कारणले शिक्षा स्वास्थ्य,कृषि लगायतका क्षेत्रमा ठूलो टेवा पुगेको दाबी गरे।

अन्तरसम्वाद कार्यक्रममा प्रदेशसभाका अर्का सांसद गोपालचन्द्र बुढाथोकीले जनतामा चाँडै नतिजा खोज्ने,अपेक्षा रहने भएकाले नतिजा ढिलो आउँदा आक्रोशित हुने प्रवृत्ति बढ्दै गएको बताए ।

सांसद बुढाथोकीले विकास निर्माणका कामकारबाहीबाट हेर्न हो भने उपलब्धि ठ्याक्कै हात लाग्ने बेला भएको छैन,केही ठाउँमा हात लागिसकेको र कतैकतै कार्य सम्पादनको प्रक्रिया अघि बढ्दै गएको बताए ।

उनले प्रदेश सरकार विकास निर्माणका कार्यमा मात्र नभएर नीति नियमका दृष्टिकोणले पनि तिव्रताका साथ अघि बढेको जिकिर गरे ।

सो अवसरमा प्रदेशसभा सदस्य झलकसिंह दर्लामीले कृषि, पर्यटन तथा विकासका पूर्वाधारलाई मुख्य आधार बनाएर समृद्ध प्रदेश बनाउन आफूहरु अघि बढेको बताएका छन् ।

दर्लामीले प्रदेश सरकारले प्रदेशका मझौला विकास निर्माणका योजनाहरु जसलाई स्थानीय तहले गर्न सक्दैन र संघले समेट्न नसकेका पूर्वाधारलाई प्रदेश सरकारले हेर्न गरेको र त्यस्ता क्षेत्रमा बजेट विनियोजन गर्ने गरेको बताए ।

त्यस्तै उनले प्रत्येक निर्वाचन क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेर स्वास्थ्य, कृषि, शिक्षालगायतका क्षेत्रमा तिव्रताका साथ कार्य गर्दै आएको दाबी गरे ।

अर्का सांसद अर्जुन राईले प्रदेश सरकार शून्यबाट सुरु भएर अहिले अस्तित्व कायम गर्ने क्रमबाट अघि बढेको बताएका छन् ।

राईले प्रदेश सरकारले ४३ वटा कानुनहरु पारित गर्नुका साथै प्रदेशले लोकसेवा आयोगको गठन, प्रदेश योजनाको गठनलगायतका कार्यहरु समेत गरेको बताएका छन् ।

उनले विकास निर्माणका कार्यहरु गर्ने क्रममा विभिन्न समस्याहरु देखापरे पनि ती समस्याहरुको समाधान गर्दै आफूहरु अघि बढेको जिकिर गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *