Sajhamanch Archive

यो हो दुनियाँको सबैभन्दा डरलाग्दो बिरालो

Published: (Updated: ) in विविधा, विविधा, विश्व समाचार by .

के तपाईंलाई बिरालो देख्दा डर लाग्दछ ? सायद डर लाग्दैन होला । तर यदि तपाई‌ंले यो बिरालोको तस्वीर मात्र पनि देख्नुभयो भने अवश्य डराउनु हुनेछ ।
नडराउने पनि कसरी? आखिर यो विश्वकै सबैभन्दा डरलाग्दो बिरालो न पर्‍यो । उक्त बिरालोको नाम ह्जभचमबल हो । स्विजरल्याण्डको रुटी भन्ने ठाउँमा रहेको यो बिरालोको उमेर ६ वर्षको छ ।

यो बिरालोको सरीरमा एउटा पनि रौँ छैन । र, यो बिरालो एउटा दुर्लभ रोगबाट पीडित छ । यो बिरालोको सरीरको छालामा अनगिन्ती मुज्जा परेका छन् जसका कारण बिरालोको सरीर निकै भयानक र कुरुप देखिन्छ ।

सान्ड्रा फिलिप नामकी महिलाले उक्त बिरालो पालेकी हुन् । ४७ वर्षकी सान्ड्राका अनुसार उनले त्यो भयानक बिरालो विश्वकै सबैभन्दा सुन्दर बिरालो हो अरे । तर अरु मानिसहरुले चाहीँ यसलाई एलियनको नामले पनि बोलाउँदछन् । जुन सुन्दा उनलाई निकै रिस उठ्दछ । यो बिरालो इन्स्टाग्राममा निकै लोकप्रिय छ । उसका २२ हजार भन्दा धेरै फलोअर्स रहेका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *