Sajhamanch Archive

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगे

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज प्रचण्ड बालुवाटारमा पुगेका हुन्।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई दिएका थिए। प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रचण्डले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको थियो। प्रधानमन्त्री ओली चिकित्सकहरूको निगरानीमा बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *