Sajhamanch Archive

निर्माणाधिन घर भत्कदा दुई बालिकाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

डोल्पा । अविरल वर्षाले निर्माणाधिन घर भत्कदा दुई बालिकाको मृत्यु भएको छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं.४ रंग गाउँका १२ वर्षिया मन्जु बुढा र २ वर्षिया लक्ष्मी बुढाको घरले थिचिएर मृत्यु भएको हो ।

गएराति करिब २ बजे परेको अविल वर्षाका कारण घर भत्केको स्थानीय बिरबहादुर बुढाले बताए। घर भत्कदासँगै सुतिरहेकी बालिकाका आमा ३५ वर्षिया जमति बुढा भने गम्भीर घाइते भएकी छन्।

बाबु बमबहादुर बुढा र छोरा उपेन्द्र बुढा भने सकुसल रहेको त्रिपुरा प्रहरी चौकीका इन्चार्ज सुशील रावलले जानकारी दिए।

नागरिक न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *