Sajhamanch Archive

भाउजुको हत्याको आरोपमा देवरहरु पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.४, ईवा तीनसल्ले बस्ने बिन्दा पुरीको हत्या गरेको आशंकामा दुई जना युवालाई प्रहरीले ईटहरीको सुनसरीबाट पक्राउ गरेको छ।

बिन्दाको हत्याराको पहिचानका लागि खटेको प्रहरी टोलीले मृतकका आफ्नै देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई आज ईटहरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी नबिन किसोर प्रधानले बताए।

उनले पक्राउ परेका युवाहरुले प्रारम्भीक अनुसान्धानका क्रममा झापाबाट बुधबार राति गाडी रिजर्भ गरी आठराई ईवास्थित भाउजु बिन्दाको घरमा आएर हत्या गरेर बिहीबार बिहान पुनः गाडी रिजर्भ गरी फर्किएको बताएका छन्।

वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका बिन्दाका श्रीमानले बिन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले हत्या गरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएको बताइएको छ।

बालकृष्ण तेह्रथुमको फेदापस्थित औसींडाँडा बजरमा र सुरेन्द्र झापाको बुधबारेमा बस्दै आएका थिए। घटनापछि अनुसन्धानका लागि प्रहरीले स्थानीय ५ जना युवाहरुलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा रहेका ती युवाहरुलाई शुक्रबार नै तारीखमा छाडिदिएको छ।

१० वर्ष र १५ महिनाका दुई छोराहरुसहित आफ्नै घरमा बस्दै आएकी बिन्दाको भान्साकोठामा विभत्स हत्या भएको थियो। प्रदेश स्तरीय प्रहरी टोली डग स्न्याफिङसहित घटनास्थलमा डिएसपि सुमन तिम्सिना, तेह्रथुम जिल्लाका डिएसपी नविन किसोर प्रधान, अनुसन्धान प्रहरी निरीक्षक तेजबहादुर दाहाल, ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारसहितको विशेष प्रहरी टोलीले बिहीबारदेखि घटनाको अनुसन्धान गरिरहेको छ।

नागरिक न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *