Sajhamanch Archive

चट्याङ लागेर दुई जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नंं.६ खिवाङमा शनिबार राति चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

२६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेद्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । मृतक पुन र गर्बुजा छिमेकी हुन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *