Sajhamanch Archive

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाण्डौ । ट्राफिक प्रहरीलाई चार हजार रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।

आवश्यक कागपत्र बिना मोटरसाइकल चलाइरहेका प्रेमनाथ सेढाईंले घुस दिन खोजेपछि पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

दरबारमार्गमा ड्युटीमा खटिएका प्रहरीले बा २८ प ४०४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सेढाईंले प्रहरीलाई घुस दिन खोजेका थिए ।

ट्राफिक प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि सवारी साधनसहित सेढाईंलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *