Sajhamanch Archive

सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन् ।

कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको हो।

‘कोरोनाको भाइरसको संक्रमण फैलिन कसरी सतर्कता अपनाउने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीज्यूहरू काठमाडौँ आउनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँहरूले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गर्नुहुनेछ।’ मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम नरहेको थापाले  जानकारी दिए।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति नै गठन गरी सकेको छ।

काठमाडौं आएका मुख्यमन्त्रीहरूले उनै उपप्रधानमन्त्री पोखरेलसँग सिंहदरबारमा छलफल गर्नेछन्। उक्त बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिन नदिन हालसम्म गरेका कामहरूको प्रगति विवरण पनि पेस गर्नेछन्। मुख्यमन्त्रीहरूले उपप्रधानमन्त्री पोखरेललाई प्रदेश सरकारले कोरोनाको संक्रमण फैलिन नदिन गरेका पूर्वतयारीको बारेमा जानकारी गराउनेछन्।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *