Sajhamanch Archive

बजेट र जग्गा भएपनि बनेन बिर्तामोडमा वडा कार्यालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नंं.७ को वडा कार्यालय निर्माणका लागि आवश्यक जग्गा प्राप्त भएपनि हालसम्म निर्माण कार्य अघि बढ्न नसक्दा स्थानीय चिन्तत बनेका छन् ।

स्थानीय प्रदिप खरेल ,श्रीप्रसाद उप्रेती ,भीष्म उप्रेतीलगायतले कार्यालय निर्माण गर्न २०७५ मा १५ कठ्ठा १० घुर जग्गा उपलब्ध गराएका थिए ।

बिर्तामोड नगरपालिकाको कार्यपालिकाले दाताहरुले उपलब्ध गराउने जग्गा लिने र भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गर्यो । नगरपालिकाको बोर्ड बैठकबाट भवन निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेपनी निर्माण कार्य अगाडि बढाउन आनाकानी गरेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् ।

वडाबासीको छलफलबाट पास भएको काम नगरपालिकाले सम्झौता प्रक्रिया अगाडि नबढाएको र अलपत्र पारेको भन्दै स्थानीयले आज नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।

एक बर्ष अगाडि नै निलम पकुवालको अध्यक्षतामा निर्माण समिती गठन गरिएको तर सम्झौता गर्न नगरपालिकाले विभिन्न समस्या देखाउदै काम गर्न रोकेको स्थानीयले आरोप लगाएका छ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख ध्रुब कुमार शिवाकोटीले सबैसँग छलफल गरेर नगरपालिकाले प्राप्त गरेको जग्गामा वडा कार्यालय निर्माण अगाडि बढाउने बताए । यो जग्गा फिर्ता गर्न मिल्दैन र नगर सभाले पास गरेको कुरा र जनमतलाई सम्मान गर्ने बताए ।

त्यस्तै नगर उप- प्रमुख पवित्रा महतराले हिजो नगरले पास गरेको कुरामा सबैको सहमति हुनु पर्ने बताइन् । निर्माण समितीका अध्यक्ष पकुवालले नगरपालिकाले काम गर्न असहयोग गरेको बताए ।

केही व्यक्तिको हटका कारण जनताले दु:ख पाएको पैसा र जग्गा भएपनि हामीले सास्ती व्यहोर्नु परेको युवा बद्री प्याकुरेलले बताए हाल बिर्तामोडका ७,८,९ नम्बर वडा कार्यालय गरामनीमा संयुक्त रुपमा एकै ठाउँमा सञ्चालित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *