Sajhamanch Archive

 आफू चढेकै बसले च्यापिएर एक महिलाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

दाङ । बसबाट झर्ने क्रममा आफू चढेकै बसले च्यापिएर एक महिलाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना४ख ५४६३ नम्बरको यात्रुबहाक बसले च्यापेर तुलसीपुर  उपमहानगरपालिका वडा नं.१४ भोजपुर निवासी ५५ वर्षीय सुशीला वली घाइते भएकी थिइन्।

मलवारमा भएको दुर्घटनामा घाइते उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले बताए।

बसमा सवार उनी आफैँ बस पूरै नरोकिँदै झर्दा उनलाई बसले च्यापेको प्रहरी निरीक्षक पालले बताए। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *