Sajhamanch Archive

पेस्तोलसहित एकजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

रौतहट । रौतहटबाट पेस्तोलसहित आज एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नं.३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्ला रहेका छन् ।

बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थान बरामद भएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजीतले जानकारी दिए ।

सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनलाई यमुनामाई गाउँपालिका वडा नं.३ राजपुर तुलसीबाट नियन्त्रणमा लिएको उनले बताए ।बरामद गरिएका हतियारसहित बैतुल्लालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको उनले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *