Sajhamanch Archive

प्रधानाध्यापक घूससहित पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

जनकपुरधाम । विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घूस लिएको आरोपमा धनुषाबाट सामूदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् ।

मिथिला नगरपालिका वडा नं.२ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहतालाई २ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले आज पक्राउ गरेको छ ।

भोलि बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीले फारम नभरेको र रकम दिए प्रवेश पत्र उपलब्ध गराइदिने भनेपछि विद्यार्थीले उनाई २ हजार रकम दिइरहेका थिए । सोही क्रममा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *