Sajhamanch Archive

गाउँका किसानदेखि शहरका व्यवसायीको एउटै पीडा

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

विर्तामोड । विश्व यतिबेला कोरोनाको संकटमा छ । नेपाल सरकारले संकट निम्तिन नदिन सक्रियतापुर्वक लागेको बताएको छ । सरकारले कोरोना प्रभावित राष्ट्रका मानिसहरूलाई नेपाल प्रवेशमा रोक लगाउनुका साथै विद्यालय तथा कलेजहरु समेत बन्द गरेको अवस्था छ l जसले गर्दा विद्यार्थीहरुको पढाइमा असर पुगेको छ । व्यापार व्यावसाय धरासायी छन्, पसल, शैक्षिक संस्थालगायत सबै ठप्प भएका छन् ।

गाउँ घरमा भने चहलपहल बढेको छ । शहरमा बस्ने र काम गर्ने या त वैदेशिक रोजगारीमा गएकाहरु पनि स्वदेश फर्किने काम उस्तै छ। शहर, बजार, प्रतिस्ठान लगाएत बन्द हुन थालेपछि गाउँमा उत्पादन हुने दूधजन्य बस्तु बिक्री हुन छोडेको छ । गाउँमा उत्पादन भएको साग, तरकारी, फलफुल, दूधजस्ता बस्तु लिन व्यापारी गाउँ जान छोडेको विर्तामोड ९ का कृषक श्रीप्रसाद पाठकले बताए ।

हिजो अस्तिसम्म जति दूध उत्पादन भए पनी बिक्री वितरणमा कुनै समस्या थिएन अहिले भने सिमित मात्र ग्वालाले लाने गरेको पाठकले बताए । यस्तै कुखुरापालक कृषक जयप्रसाद पाठक भन्छन, “अहिले त किन्न ग्राहक नै आउदैनन् स्थानीय जातको कुखुरा लगभग ८ सय जति छन्, चारो हाल्यो बस्यो के गर्ने र  ?”

कृषकका कुरा मात्र होईन अन्य ब्यापार व्यवसाय पनि उस्तै हुन थालेको छ। पुस्तक व्यावसायी केशव मैनाली पसल खोल्यो, मोबाईल चलायो, बस्यो यस्तै छ भन्छन् ।

होटल व्यावसायी किशोर पौडेल भन्छन, “होटलमा मान्छे आउँदा पनि डर लाग्छ, नखोल्दा पनि हुन्न, खोल्दा ब्यापार छैन । सुनसान छ, चहलपहल नभएपछि सबैको उस्तै होला भनेर चित्त बुझाउदैछु ।’ व्यावसायिक प्रतिस्ठानका समस्याकै कारण संचारमाध्यम पनि संकटमा परेका छन् ।

बिज्ञापन रोकिएका छन्, कार्यक्रम र कारोबार कतै छैन ।

तर अस्पतालमा भने सेवाग्राहीको चाप बढ्न थालेको छ। यो संकटको बेलामा इमर्जेन्सी बाहेकका सेवा संचालनमा रहँदा ओपिडीमा भिडभाड बड्दै गएको देखिन्छ। त्यहीबाट रोगको संङ्क्रमण फैलन सक्ने संम्भावना पनि छ ।

स्थानीय सरकार जति सकृय हुनु पर्ने हो त्यति हुन नसकेको जस्तो देखिन्छ भने प्रदेश र संघीय सरकार निक्कै गम्भीर भनेको देखिन्छ । प्रधानमन्त्री केपि शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै सरकार गम्भीर भएको र रोग आउन नदिन सक्रियताका साथ काम गरिरहेको बताएका छन् । खुल्ला सिमानाकाका कारण नेपालीहरु त्रसित छन् । सरोकारवाला निकाय सकृय र सजक हुन आवश्यक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *