Sajhamanch Archive

ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन ९ सुखेपोखरीमा आज मध्यान्ह ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ५६४५ नम्वरको ट्रकले ठक्कर दिँदा पहिचान नखुलेका अन्दाजी ५०/५५ बर्षका मानिसको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्यायले जानकारी दिए।

सडकमा हिडिरहेका बेला ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक उपाध्यायले बताए।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव हरिवनस्थित नमुना अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *