Sajhamanch Archive

राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ : प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गरेका छन् ।

प्रचण्डले आज विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरेका हुन् ।

केही दिनयता भेटघाट सीमित गरी घरभित्रै बसिरहेका उनले आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन सरकारलाई आग्रह गरेका छन् ।

‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ,’ प्रचण्डले विज्ञप्तिमा भनेका छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *