Sajhamanch Archive

बोक्तोवारी दुःखी टोलका विपन्न परिवारलाई राहत वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर ७ स्थित बोक्तोवारी दुःखी टोलका विपन्न परिवारका १ सय ६० घर परिवारलाई राहत वितरण गरिएको छ ।

कोरोना भाइरसको महामारी एवम् नेपालमा लकडाउनको अवस्था रहेको हुँदा दैनिक मज्दुरी गरी छाक टार्नेहरुलाई भोकै बस्नु पर्ने वाध्यता नहोस् भनि भद्रपुर ७ का कुमार संजेल, विर्तामोडका राकेश विन्दल र इटहरीका कुमार खतिवडाको संयुक्त सहयोगमा ९६ हजार बराबरको राहत वितरण गरेको हो ।

कुमार संजेलकै निवासबाट वितरण गरेको उक्त राहतमा प्रत्येक परिवारलाई ८ देखि १० के.जी. चामल, सावन २ थान, चिउरा ४०० ग्राम, नुन १ केजी, खाने तेल ५०० ग्राम वितरण गरेको थियो । सो कार्यक्रममा भद्रपुर ७ का वडा अध्यक्ष विनोदप्रसाद पोखेरल, उद्योग संघ झापाका अध्यक्ष टिकाराज ढकाल, नेपाली कांग्रेसका झापा क्षेत्र नं. ३ क्षेत्रीय सभापति गणेश पोखरेल, समाज सेवी मोहनप्रसाद संजेल लगायतको उपस्थिति रहेको थियो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *