Sajhamanch Archive

कमल गाउँपालिकाले एक जनालाई मेची अस्पतालको आइसुलेसनमा पठायो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

कमल । विश्व आक्रन्त बनाउँदै माहामारीका रुपमा फैलिदै गरेकोे कोराना भाइरस (कोभिड १९) संक्रमणको सम्भावित झापाको कमल गाउँपालिकाले १ जनालाई भद्रपुर स्थित मेची अञ्चल अस्पतालको आइसुलेसनमा पठाइएको छ ।

गाउँपालिकाको वडा नम्वर १ वाँसवारीका एक परिवारमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भेटिएपछि आइसुलेसन पठाइएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

विदेशबाट आएर सेल्फ क्वारेन्टाईनमा बसेका ती व्याक्तिको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने क्रममा उनलाई ज्वरो आउने खोकी लाग्ने जस्तो समस्या देखिएको थियो । उनका बुबाको समेत स्वास्थ्य परिक्षण गर्दा दुबै जनालाई एउटै लक्षण देखिएकोे कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गल बताए ।

मेची अञ्चल अस्पतालले आइसुलेसनमा पठाइएका दुवै जना मध्ये चैत ९ गते पटनाबाट आएका कारण एक जनालाई मात्र राखीे उनका बुबालाई कमल गाउँपालिकाले तयार पारेको क्वारेन्टाईनमा फिर्ता पठाईएको छ ।

त्यसैगरी गाउँपालिकाको वडा नम्बर २ स्थित अधिकारी टोलमा समेत एक परिवारका ४ जना सदस्यलाई ज्वरो आउने खोकी लाग्ने समस्या देखिएपछि होम क्वारेन्टाईनमा राखिएको प्रमुख थुलुङ्गले जानकारी दिए ।

सरकारकाले गरेको लकडाउनका कारण सेल्फ क्वारेन्टाईनमा बसेका ७२ जना नागरिकको घरघरमा पुगेर स्वास्थ्य परिक्षण गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *