Sajhamanch Archive

पाउँदै गरेको सुविधा रोकिएपछि कैदी बन्दीलाई समस्या

Published: in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । झापा कारागारमा रहेका कैदी बन्दीले नेपाल सरकारबाट पाउँदै आएको दैनिक सिदा खर्च वापतको रकम रोकिएपछि आर्थिक समस्या परेको गुनासो गरेका छन्।

कैदी बन्दीलाई सरकारले दिँदै आएको चामल नियमित दिइरहे पनि नुन तेल खर्च वापतको सिदा रकम रोकिएपछि साग सब्जी लगायत खरिद गर्न समस्या उत्पन्न भएको हो ।

झापा कारागारमा हाल १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना आश्रित बाल बालिका छन् । कोभिड १९ को महामारी रोक्न सरकारले गरेको लकडाउनसँगै कैदीबन्दीले पाउँदै आएको दैनिक ६० रुपैयाँ रोकएपछि कैदीबन्दीले समस्या उत्पन्न भएको गुनासो गर्न थालेका छन् । फागुन १५ गतेयता कैदीबन्दीले सिदा वापतको रकम नपाएको उनीहरूको गुनासो छ । चामल भएपनि अन्य सागसब्जी, तेल, नुन नभएका कारण कारागारमा भोकमरी शुरु भएको एक कैदी बन्दी बताउँछन् । ‘चामल मात्रै खान मिलेन सरकारले रकम पठाउँदैन भन्दै उनीहरू कैदीबन्दीलाई सरकारले राहतको सट्टा आहत र पीँडा दिएको गुनासो सुनाउँछन् ।’

सिदा खर्च वापतको रकम नआएपछि कारागारमा समस्या उत्पन्न भएको जेलर राजेन्द्र निरौलाले भनाइ छ । प्रमुख जिल्ला अधिकारी हुदै विभागसम्म समस्याका बारेमा पटक– पटक लिखित तथा मौखिक जानकारी गराइसकिएको उनले सुनाए । हाल फायल अर्थमन्त्रालयमा अडकिएको हुनसक्ने उनको अनुमान छ । महिला कैदीको संख्या थोरै भएकोले चैत्र २३ गते कार्यालयका कर्मचारीहरूको तलव र अन्य खोजखाज गरेर महिला कैदी बन्दीलाई दिएको भए पनि पुरूष कैदी बन्दीलाई दिन नसकेको प्रमुख निरौलाको भनाइ छ ।

जेलरले जानकारी गराएपछि तत्काल विभागलाइ जानकारी गराइसकेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । जिल्लाका सवै समस्या प्रशासनमा ठोकिँने हुदा सवै समस्या जानकारमा नभएकोले सम्बन्धित कार्यालय प्रमुख बढी जिम्मेवार हुनु पर्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *