Sajhamanch Archive

अमेरिकामा मृतकको संख्या ११ हजार नजिक, विश्वमा मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ।

संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेका छन्। अहिलेसम्म अमेरिकामा करिब १९ हजार पाँच सय संक्रमित निको भइसकेका छन्। अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ। बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुले चेतावनी दिइसकेका छन्। अमेरिकाको न्युयोर्क राज्य कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको राज्य छ।

न्युयोर्कमा अहिलेसम्म समग्र तीन हजार पाँच सयको ज्यान गएको छ। गत वर्षको डिसेम्बरको अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ७४ हजार नाघेको छ। अहिले सम्म सबै भन्दा धेरै इटालीमा १६ हजार भन्दा बढीको ज्यान गएको छ भने स्पेनमा १३ हजार भन्दा धेरै मानिसकोम मृत्यु भएको छ। विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या १३ लाख ४६ हजार २ सय ९९ पुगेको छ। विश्वभर दुई लाख ७६ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *