Sajhamanch Archive

कोरोना रोकथाम कोषमा १७ लाख भन्दा बढी रकम जम्मा, विपन्न परिवारको अभिभावक बन्दै नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

शिवसताक्षी । सरकारले कोरोना भाइरसका कारण लकडाउनको अवधि वढाएसँगै नगरबासीमा खाद्यन्यका अवभाव हुन थालेपछि स्थानीयतहले राहत बाड्ने कामलाई तिब्रता दिएको छ । कुनै पनि नगरबासी भोकै बस्न नपरोस भन्दै शिवसताक्षी नगरपालिकामा पनि कोरोना भाइरस प्रकोप रोकथाप कोषबाट राहत बाड्ने कामलाई तिब्रता दिएको हो ।

आज (मंगलबार) नगर प्रमुख चन्द्रकमार शेर्माले भित्रका विपन्न परिवारमा परेको खाद्य संकटलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन् । नगर भित्रका विपन्न परिवारमा खाद्य संकट नपरोस भनी ११ बाट सिफारिस गरिएको २ हजार १ सय २६ परिवार रहेको प्रवक्ता नविन इजमले जानकारी दिए । उनले पहिलो चरणमा अति विपन्न ९७४ घर परिवारलाई राहत वितरण गरिएको बताए । नगरका सबै वडाहरुमा वडाध्यक्षको अध्यक्षतामा बनेको सर्वपक्षीय छनोट समितिले विपन्न परिवार नाम सिफारिस गरेको हो । जसमा ७ हजार ९ सय ८५ जनसंख्या हुन आउँछ । नगरले परिवार संख्या हेरेर परिवार सदस्य ४ भन्दा कम भएकालाई १५ केजी चामल र सो भन्दा माथी भएका परिवार सदस्यलाई प्रति परिवार २५ केजीका दरले वितरण गरिएको नगरपालिकाले जनाएको छ । जसमा दाल, नुन, खाने तेल, साबुन समेत वितरण गरिएको छ ।

शिवसताक्षी नगरपालिकाका विपन्न परिवारको जिम्मा नगरपालिकाले लिने नगरप्रमुख चन्द्र शेर्माले बताए । हामीले १ हप्ताका लागि खाद्यन्य सामाग्री वितरण गरेको छौ । उनले भने, एक चरण सबै विपन्न परिवारको चुलो बालेपछि फेरी अर्को चरणको वितरणमा जानेछौ । उनले कोरोना भाइरसले ठूला ठूला राष्ट्रहरुलाई संकटमा ल्याइसेको हुँदा सबै नगरबासीलाई घरमै बसेर सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।

नगर प्रमुख शेर्माले नगरका विपन्नका लागि १६ लाख ७९ हजारको खाद्य सामाग्री खरिदका लागि ठेक्का लागि सकेको जानकारी दिए । नगरमा सहयोग आएको खाद्य समाग्री अपुग हुने भएपछि खरिद नियम अन्तर्गत नै सामान खरिद गर्न लागिएको र शुक्रबारसम्ममा सबै सामाग्री नगरपालिकामा आइपुग्ने समेत उनले जानकारी दिए । जसमा २८ हजार ३ सय १५ केजी चामल, १ हजार ४ सय २१ केजी दाल, ७ हजार १ सय ५० लिटर तेल, १ हजार ४ सय २१ केजी आयो नुन र १ हजार ४ सय २१ थान लाइफ व्वाई साबुन रहेको नगरपालिका सुचना अधिकृत डिल्ली नेपालले बताए दिए ।

कोरोना भाइरस प्रकोप नियन्त्रण कोषमा १७ लाख बढी रकम जम्मा
शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस प्रकोप नियन्त्रण कोषमा १७ लाख ५९ हजार २५० रुपैया जम्मा भएको छ । जसमा नगरपालिकाबाट १० लाख, नगरकार्यापालिका सदस्यहरुको १ महिना बराबरको तलब ४ लाख २८ हजार र विभिन्न संघ संस्थाहरुबाट आएको सहयोग रहेको नगरपालिकाले जनाएको छ ।

जसमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, छिमेकी बचत तथा ऋण सहकारी संस्था ५१ हजार, नेपाल शिक्षक महासंघ शिवसताक्षी २५ हजार, नवोदय बहुदेश्यीय सहकारी संस्था शिवसताक्षीबाट २५ हजार, रेडरोज इग्लिस बोर्डिङ्ग स्कुलबाट १० हजार, जीवन विकास समाज लघुवित्तबाट ५० हजार, धरमपुर बचत तथा ऋण सहकारी संस्थाबाट ६० हजार, खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ५० हजार १ सय र वडा नंं १० निवासी मनमाया रायाले १० हजार १ सय ५० सहयोग गरेका हुन् ।

त्यस्तै शिवसताक्षी भित्रका निर्माण व्यवसायी संघले संयुक्तरुपमा १ हजार ४ सय ७५ केजी, कर्णाली बचत तथा ऋण सहकारी संस्थाले ६ सय २५ केजी, युनिफाइड कम्युनिकेशन प्रा.लि. ३ सय केजी र डाँफे बचत तथा ऋण सहकारी संस्थाले २ सय केजी चामल लगायत दाल, नुन, तेल, साबुन नगरको कोषमा जम्मा गरेको नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *