पुष्पलालको स्मृतिमा बृक्षारोपण
Published: (Updated: )
by .दमक । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवसको अवसर पारेर झापाको दमकमा वृक्षारोपण गरिएको छ ।
दमक १ स्थित भृकुटी आधारभुत विद्यालय परिषरमा पुष्प –धीरेन्द्र प्रतिष्ठान आयोजनाले बृक्षारोपण गरेको हो ।
आयोजनाले आँप, लिची, अम्बक, एबोकाडो, स्वामी, हाडे , बदाम, जामुन, मलेसियन टिक र टिकुमा लगायत प्रजातिका बिरुवा रोपिएको प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले जानकारी दिए । उनका अनुसार ४० वटै विरुवा रोपिएका छन् ।
वृक्षारोपणमा प्रदेश सभा सदस्यद्धय झलकसिंह दर्लामी,अर्जुनकुमार राई, दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीलगायतका विभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Comments