झापाको स्थानीयतहमा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत शिवसताक्षीमा
Published: (Updated: )
by .शिवसताक्षी । झापाका स्थानीयतहमा पहिलो पल्ट महिला प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेकी छिन् ।
शिवसताक्षी नगरपालिकामा बुधबार प्रमुख प्रशासकीय अधिकृतको रुपमा गीताकुमारी राईले जिम्मेवारी सम्हालेकी हुन् । उनी अर्जुनधारा निवासी हुन् ।
इलाका प्रशासन कार्यालय दमकमा शाखा अधिकृतको रुपमा रहेकी राई बढुवा भई स्थानीयतह कै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भइन् । नगरपालिकाबाट विष्णुबहादुर अधिकारले विदा लिएको चार महिना पछि प्रमुख प्रशासकीय अधिकृत पाएको नगरपालिकाले जनाएको छ ।
यस बीचमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले निमित्त भई सम्हालेका थिए । अधिकृत राईलाई शिवसताक्षी नगरपालिका मेयर चन्द्रकुमार शेर्मा, उप मेयर भोजकुमारी नेपालसहित कर्मचारीहरुले स्वागत गरेका छन् । स्वागत गर्दै मेयर शेर्माले स्थानीयतहले पहिलो पल्ट महिला प्रमुख प्रशासकीय अधिकृत हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनलाई हाल विश्व व्यापी महामारीमा रुपमा फैलिएको कारोना भाइरस रोकथामका बारेमा नगरले गरेको गतिविधिहरुको बारेमा नगर प्रमुख शेर्माले जानकारी गराए ।
अधिकृत राईले स्थानीयतहको अनुभव नभए पनि ऐन कानुनको परिधि भित्र रहेर नगरमा सुशासन कायम गर्दै र विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।
Comments