प्रजापतिका ३० उपभोक्तालाई खाट
Published:
by .सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहले ३० परिवार विपन्न उपभोक्तालाई निःशुल्क खाट प्रदान गरेको छ ।
केही वर्ष अघिदेखि सामुदायिक वनले गरिव परिवारको छनौट गरी सुत्ने खाट प्रदान गर्दै आएको वन समूहका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
सो वन समूहले स्थानीय पुकार अपाङ्ग अशक्त परोपकार संस्थालाई दुई थान र मनसादेवी मन्दिरलाई समेत एक थान खाट वितरण गरेको छ ।
इलाका वन कार्यालय दहिझोडाका प्रमुख शिवराम शाहको उपस्थितिमा भएको खाट वितरण कार्यक्रममा उनले विपन्न परिवारलाई खाट प्रदान गर्दै गरिव परिवारलाई यस कार्यक्रमले ठूलो राहत मिलेको बताए ।
करिब ६ सय परिवार उपभोक्ता रहेको सो सामुदायिक वनले विगत तीन वर्षदेखि ३०–३० जना विपन्न उपभोक्तालाई खाट वितरण गर्दै आएको जनाइएको छ ।
Comments