Sajhamanch Archive

बंगलादेशका संस्थापकको हत्यामा साढे ४ दशकपछि एक सैनिक कप्तानलाई फाँसी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

धरान । सन् १९७५ को सैन्य कुमा हत्या गरिएका बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजीवुर रहमानका संलग्न एक पूर्व सैनिक कप्तानलाई फाँसीको दिइएको छ ।

घटना भएको झण्डै ४५ वर्षपछि अब्दुल मजिद नाम गरेका पूर्व सैनिकलाई फाँसी दिइएको हो । बंगलादेशको समयअनुसार १२ बजेर १ मिनेटमा शनिबार फाँसी दिइएको बंगलादेशका कानुन मन्त्री अनिशुल हकले बताएको बंगलादेशका मिडियाले उल्लेख गरेका छन् ।

फाँसी दिएको केही समयपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । उनको मृत शरीर अन्तिम संस्कारका लागि परिवारलाई दिइएको छ । माजेदलाई बंगलादेश प्रहरीले राजधानी ढाकाबाट गत मंगलबार पक्राउ गरेको थियो । उनी लामो समयदेखि भारतमा लुक्दै आइरहेका थिए । उनी गत महिना मात्रै गोप्य रूपमा बंगलादेश फर्किएका थिए ।

माजेदलाई बंगलादेशका राष्ट्रपति अब्दुल हमीदले माफी दिन अस्वीकार गरेपछि फाँसीका लागि बाटो खुलेको हो । तत्कालीन समयमा सैनिक कुमा संलग्न उनीजस्तै ६ जना सैनिक अधिकारीहरू रहेका छन् । सरकारले उनीहरूको अनुपस्थितिमा नै मुद्दा चलाएर मृत्युदण्डको सजाय तोकेको थियो । उनीहरू सबै फरार छन् ।

बंगलादेशकाे सर्वाेच्च अदालतले सन् २००९ नाेभेम्बर १९ तारिखका दिन मृत्युदण्डकाे सजाय सुनाएकाे थियाे । अन्य पाँच जना सैनिक अधिकारीलाइ भने जनवरी २७, २०१० मा मृत्युदण्डकाे फैसला सुनाएकाे थियाे । माजेद २३ वर्षदेखि भारतमा लुक्दै अाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *